भक्तपुरमा कांग्रेस–एमाले त्याग्दै सयभन्दा बढी युवा रास्वपामा प्रवेश

समाचार
0Shares

भक्तपुरमा नेपाली कांग्रेस र नेकपा एमालेसहितका विभिन्न दल त्यागेर सयभन्दा बढी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । शनिबार सूर्यविनायकमा रास्वपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको र्‍यापिड एक्सन टिम (र्‍याट) घोषणा कार्यक्रममा नवप्रवेशीहरुलाई केन्द्रीय सचिवालय सदस्य गणेश पराजुली, हरि ढकाल तथा केन्द्रीय कोषाध्यक्ष एवं नेतृ लीमा अधिकारीले सामूहिक स्वागत गरेका हुन् ।

नवप्रवेशीमध्ये २०४१ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै एमालेबाट सुर्यबिनायक नगरपालिका १० चितपोलमा  चार पटक सचिव र ०६० सालमा युवा संघ जिल्ला अध्यक्षसमेत भइसकेका विकास कार्की जस्ता अनुभवी नेतृत्व पनि रहेका छन्। प्रवेश गर्ने अधिकांश युवा सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रका भएको रास्वपा भक्तपुर जिल्ला सभापति रामेश्वर बस्नेतले बताए। उनले भने, “  ”

कार्यक्रममा रास्वपाका नेताहरूले एमाले चुनावको डरले भागिरहेको आरोपसमेत लगाए। सचिवालय सदस्य गणेश पराजुलीले शान्ति–सुरक्षाको वातावरण कमजोर हुनुमा एमाले नै दोषी रहेको दाबी गर्दै चुनावमा जान नमानेको अवस्थालाई हारको मनोवृत्तिसँग जोडेर व्याख्या गरे। उनले भने, “ आज जनताको तर्फबाट बनेको सरकारले सुसाशन कायम गर्ने र  निर्वाचन गर्ने एउटै मात्र जिम्मेवारी  लिएर देशको सबै शक्ति निर्वाचन गराउने प्रकियामा होमिदै गर्दा देशमा शान्ति सुरक्षा छैन भने त्यो शान्ति सुरक्षा कायम नहुन तपाइहरुकै कारणले हो। ”

केन्द्रीय सचिवालय सदस्य हरि ढकालले आफूलाई ‘ठूला’ भन्ने दलहरू निर्वाचनपछि साइजमा आउने भन्दै उनीहरूको अहंकार चुनावी परिणामसँगै शून्य हुने टिप्पणी गरे। उनले भने, “ यिनीहरुलाई चुनाबसम्म बोल्न दिने हो, हेरौँ न त् आइ त् हाल्यो, त्यो चुनाबमा १ मिनेटमा यिनीहरुलाई देखाइदिने हो। यिनीहरुको हैसियत एक मिनेटको हो। ”

पार्टीकी केन्द्रीय कोषाध्यक्ष तथा नेतृ लीमा अधिकारीले भक्तपुरमा रास्वपाप्रति बढ्दो भरोसालाई प्रवेश कार्यक्रमले झनै पुष्टि गरेको उल्लेख गर्दै  भक्तपुर क्षेत्र नं १ मा पार्टीले इतिहास रच्ने र क्षेत्र नं २ मा जित निकाल्ने दावी समेत गरिन  । उनले भनिन, “ भक्तपुर १ मा पार्टीले इतिहास रच्नेछ, फागुन २१ गते  पार्टीले इतिहास रच्नेछ , भक्तपुर २ मा  त् घ न्टी बज्न सुरु भैसक्यो।” 

Leave a Reply

Your email address will not be published. Required fields are marked *