भक्तपुरको सूर्यविनायक क्षेत्रमा सडक निर्माण र मर्मत कार्यको ढिलासुस्तीले स्थानीय बासिन्दा र सडक प्रयोगकर्ता समस्यामा परेका छन्। सुक्खा मौसममा अत्यधिक धुलो उड्दा हिँडडुल कष्टकर बनेको छ भने पानी परेपछि सडक हिलोमा परिणत भई जोखिम झन् बढेको छ।
पैदल यात्रु र सवारी चालक दुवै प्रभावित भएका छन् भने सडक किनारका व्यवसायीले धुलोका कारण व्यापार घटेको गुनासो गरेका छन्। “ग्राहक आउनै छोडे,” एक पसलेले बताए।
निर्माण कार्य प्रभावकारी रूपमा नहुँदा धुलो–धुँवा नियन्त्रणमा असफल भएको भन्दै स्थानीयले सम्बन्धित निकायको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

