ओली सरकारले मेरा विरुद्धमा पाँच ठाउँमा तरबार झुन्डाएको छ : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध तात्कालीन ओली सरकारले पाँच ठाउँमा तरबार झुन्डाएको बताएका छन्।  बिहिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राज्यले गरेको दमनले चित्त दुखेको उल्लेख गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन। तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो।”

पुरा पढ्नुहोस्

रास्वपा भक्तपुरबाट प्रतिनिधिसभा निर्वाचनका लागि रुकेश रञ्जित र साजन विश्वकर्मा सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर जिल्ला समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुकेश रञ्जित साजन विश्वकर्माको नाम सिफारिस गरेको छ।  बुधबार रास्वपा भक्तपुर जिल्ला समितिको बैठकले क्षेत्र नं १ र २ बाट क्रमसः रञ्जित र विश्वकर्माको नाम सर्वसम्मत रुपमा केन्द्रमा पठाउने निर्णय गरेको हो । व्यवसायी एवं समाजसेवीको छवि बनाएका रुकेश भक्तपुरको […]

पुरा पढ्नुहोस्

पत्रकार महासंघ भक्तपुरको स्थापना दिवसको अवसरमा तीन सम्मानीत

भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २९ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट योगदान पुर्‍याउने तीन जना पत्रकार नगर पुरस्कारसहित सम्मानीत भएका छ। आज एक समारोहकाबीच उनीहरुलाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदिश खरेलले नगदसहित सम्मान गरेका हुन्। महासंघले स्थापना गरेको १५ हजार रूपैयाँ राशिको स्व।भगवान दास राजकुमार महर्जन स्मृति पत्रकारिता पुरस्कारद्वारा नेपाल अर्थडटकमका […]

पुरा पढ्नुहोस्

सिफारिस नै नभएका तीन जनालाई कांग्रेसले बनायो राष्ट्रिय सभा उम्मेदवार

नेपाली कांग्रेसले सिफारिसमा नै नपरेका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ। आगामी चुनाबमा कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन जना भने तल्लो तहबाट सिफारिस नभई केन्द्रबाट तोकिएको थियो । गीता देवकोटा, धमेन्द्र पासवान र जगत तिमिल्सिनाको नाम तल्लो तहबाट सिफारिस नआएको […]

पुरा पढ्नुहोस्

आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन : सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आफू आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश नगरेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उनले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिएका हुन् । बुधबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको […]

पुरा पढ्नुहोस्

राजनीतिमा लाग्नेले तत्काल मन्त्री छोड्नुहोस् : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिमा लाग्न खोज्ने मन्त्रीहरूलाई बाटो क्लियर गर्न निर्देशन दिएकी छन् । चुनाव नजिकिँदै जाँदा केही मन्त्रीहरू राजनीतिक क्रियाकलापमा लागेको र उनीहरू दलमा नै आबद्ध भएकाले प्रधानमन्त्री कार्कीले सोमबारको बैठकमा अब तत्काल पद छोड्न भनेकी हुन् । प्रधानमन्त्री कार्कीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ अरू साथीहरू जसले यस्तो चाहना राख्नुभएको उहाँहरूका लागि […]

पुरा पढ्नुहोस्

सानेपामा उपसभापति निधि र कार्यकर्ताबीच चर्काचर्की

नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि र कार्यकर्ताबीच पार्टी केन्द्रिय कार्यालय सानेपामै चर्काचर्की भएको छ।  पार्टी कार्यालय घेराउका लागि पुगेका विशेष महाधिवेशन पक्षधर केही कार्यकर्ताहरूले नेता निधि लिंक रोडबाट भित्रिने क्रममा क्रममा अवरोध पुर्‍याएका थिए । त्यस लगत्तै निधि र कार्यकर्ताहरूबीच चर्काचर्की भएको थियो ।

पुरा पढ्नुहोस्

रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को

कोसी। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा २५ हजार तिर्दै उम्मेदवार बन्न चाहनेको लर्को लग्न थालेको छ। विराटनगरका उद्योगी, व्यवसायी तेजलाल कर्णले आफू मोरङ–४ बाट प्रत्यक्षमा चुनाव लड्ने भन्दै फेसबुकमा प्रचार सुरु गरेका छन् । उनले चुनाव लड्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा २५ हजार शुल्क तिरेर निवेदन पनि दिइसकेका छन् । सोही क्षेत्रमा अरु दुई […]

पुरा पढ्नुहोस्

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेराउ

, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ । वधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी (२,४८८ जना) महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै […]

पुरा पढ्नुहोस्

वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु लगाएको हो ॥ आज दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु […]

पुरा पढ्नुहोस्