नेपाली कांग्रेसले सिफारिसमा नै नपरेका तीन जनालाई राष्ट्रिय सभा उम्मेदवार बनाएको छ।
आगामी चुनाबमा कांग्रेस-एमाले वीचमा तालमेल गर्ने निर्णय अनुसार कांग्रेसको भागमा ९ जना छुट्याइएको थियो । कांग्रेसले बुधबार टुंगाएका ९ उम्मेदवारमा तीन जना भने तल्लो तहबाट सिफारिस नभई केन्द्रबाट तोकिएको थियो । गीता देवकोटा, धमेन्द्र पासवान र जगत तिमिल्सिनाको नाम तल्लो तहबाट सिफारिस नआएको कांग्रेस नेताहरूले जानकारी गराएका छन् ।

