राजनीतिमा आउने तयारीसंगै राजु पाण्डेले दिए राजीनामा

काठमाडौं । काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । पाण्डे नजिकको स्रोतका अनुसार उनी सक्यि राजनीतिमा आउने तयारी छन ।

पुरा पढ्नुहोस्

पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा गगनको निवेदन

गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पार्टी विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। सभापति थापा सहितको पदाधिकारी टोलीले कानुनविद्हरू समेत लिएर निर्वाचन आयोग पुगी कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अनुरोध गरेको हो । सभापति थापाले निर्वाचनको समय आइसकेकाले पार्टीको विवरण चाँडोभन्दा चाँडो अद्यावधिक गरिदिन अनुरोध गरेका छन् ।

पुरा पढ्नुहोस्

गगनसहितका पदाधिकारी निर्वाचन आयोगमा

नेपाली कांग्रेसका सभापति गगन थापासहित सिङ्गो पदाधिकारी निर्वाचन आयोग पुगेको छ। विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको निर्णय अद्यावधिक गराउनको लागि सभापति थापासहितको टोली पुगेको हो। केही बेरअघि बसेको केन्द्रीय समिति बैठकले निर्वाचन आयोग जाने निर्णय गरेको थियो। तर शेरबहादुर देउवा पक्षले भने हिजै विशेष महाधिवेशन नरहेको भन्दै पत्र पठाइसकेको छ।

पुरा पढ्नुहोस्

देउवा पक्षले भन्यो केन्द्रीय कार्यालय हाम्रै हो

काठमाडौं । नेपाली कांग्रेस देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ । पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा नेता मीनबहादुर विश्वकर्माले आधिकारिक रुपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यहीं रहने बताए । यो पार्टी कार्यालय नेपाली कांग्रेसको केन्द्रीय कार्यालय हो । यहाँ नेपाली कांग्रेसको कार्यालय छ […]

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसद्वारा गगन–विश्वलाई ५ वर्षको कारबाही

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका केही नेताहलाई कारबाही गर्ने निर्णय गरेको छ । सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो ।

पुरा पढ्नुहोस्

राजावादी आन्दोलनमा आउन भन्दै एसएमएस पठाउने एक व्यक्ति पक्राउ

 राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाउने निर्देश सेढाईं पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । उनले एकै पटक धेरै मान्छेलाई राजावादी प्रदर्शनमा आउन भन्दै एसएमएस पठाएको पाइएको छ ।

पुरा पढ्नुहोस्

गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर जानेसहित देउवा पक्षलाई पठाइयो ८ बुँदा

नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ। प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने उल्लेख छ। कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिने र चुनावी गठबन्धन नगर्ने लगायतका बुँदाहरू प्रस्तावमा समावेश छन्। बुँदाहरु हेर्नुहोस : कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने प्रधानमन्त्रीको […]

पुरा पढ्नुहोस्

सानेपामा काँग्रेस केन्द्रीय सदस्य कुरेको कुर्‍यै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि सहभागी हुन् सानेपामा पुगेका केन्द्रीय सदस्य कुरेको कुर्‍यै  भएका छन् । दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु नभएको हो । सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज […]

पुरा पढ्नुहोस्

तरुण दलका अध्यक्षको आग्रह- गगनजि मिल्नुस्, तपाइलाई हामी नेता बनाउँछौं

 नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ । विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले ले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् । उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह […]

पुरा पढ्नुहोस्

विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गर्ने भएका छन्। सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा देउवाले खड्कालाई आह्वान गर्न निर्देशन दिएका हुन्। खड्काले केहीबेरमा पार्टी एकताको पक्षमा उभिन महाधिवेशन पक्षधरलाई आह्वान गर्ने तयारी गरेका छन्।

पुरा पढ्नुहोस्