भक्तपुर–२ मा महेश बस्नेतलाई रास्वापाका राजिब खत्रीले चुनौती दिने

समाचार
0Shares

भक्तपुर–२ मा आगामी निर्वाचनका लागि नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजीव खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खत्रीले सुरुमा काठमाडौं–१० बाट उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्ततः पार्टीले उनलाई भक्तपुर–२ मा उठाउने टुंगो लगाएको हो।

जेन–जी आन्दोलनपछि बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध कडा अभिव्यक्ति दिँदै आएका छन्। यही पृष्ठभूमिमा साहले ‘जसरी पनि बस्नेतलाई पराजित गर्ने’ रणनीतिअनुसार खत्रीलाई अघि सारेको बुझिएको छ। पूर्वसञ्चारकर्मी रहेका खत्री सामाजिक सञ्जालमा सक्रिय छन् । यसअघि खत्री र बस्नेतबीच सामाजिक सञ्जालमै तीखा आरोप–प्रत्यारोपसमेत हुँदै आएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *