काठमाडौँ । डोल्पाको जगदुल्ला गाउँपालिका–५, गैरीगाउँमा गएराति परेको अविरल वर्षापछि आएको हिलोसहितको बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
आइतबार बिहान करिब ३ः०० बजे धुलाखोला तथा आसपासका खोल्सामा आएको हिलोमाटोसहितको बाढी गाउँमा पस्दा स्थानीय आनन्दी विक ९अन्दाजी ५६ वर्ष० को घटनास्थलमै मृत्यु भएको हो।
बाढीमा परी अन्य ६ जना घाइते भएका छन्। घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्था गरिएको छ भने प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।

