भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकामा ३१० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। शनिबार रास्वपा चाँगुनारायण–८, सुडालस्थित बोजिनी ड्याममा आयोजना गरिएको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा उनीहरू पार्टीमा आवद्ध भएका हुन्।
नवप्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले पार्टीको ब्याज लगाएर स्वागत गरेका थिए। वडा नं. ८ समिति सभापति नवीन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले वैकल्पिक राजनीतिक धारप्रति जनआकर्षण बढ्दै गएको उल्लेख गरे।
कार्यक्रममा भक्तपुर जिल्ला इन्चार्ज जयराम गुरुङ, केन्द्रीय प्रशिक्षण विभाग सदस्य सुरेश मास्के, जिल्ला सभापति रामेश्वर बस्नेत, बाग्मती प्रदेश संगठन विभाग उपसंयोजक उपेन्द्र केसी, उपसभापति स्मृति भट्टराई, जिल्ला सचिव रुकेश रंजित, निर्वाचन क्षेत्र नं. १ का सभापति रनोज थापा, चाँगुनारायण नगर सभापति रोशन थापा, भक्तपुर नगर सभापति राजेश शिल्पकार, सूर्यविनायक नगर सभापति भाइकृष्ण श्रेष्ठ तथा मध्यपुर सचिव मुरारी नेपाललगायत नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
वक्ताहरूले सुशासन, पारदर्शिता र जनमुखी राजनीतिका लागि रास्वपा बलियो विकल्प बनेको दाबी गर्दै आगामी दिनमा संगठन विस्तारलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे।





