भक्तपुरको काँक्राबारीमा प्लटिङबाट बगेको हिलो घरमा पस्यो, स्थानीय त्रसित

समाचार
0Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ काँक्राबारीक्षेत्रमा गएराति परेको अविरल वर्षापछि स्थानीय बस्तीमा माटो र हिलो पसेको छ। 

डाँडामा गरिएको व्यापक प्लटिङ क्षेत्रबाट बगेको लेदो सिधै घरभित्र छिरेपछि स्थानीयवासी त्रसित बनेका हुन्। प्रेस सोसाइटीसँग कुरा गर्दै एक स्थानीय जोन लामाले मध्यरातमा वर्षासँगै आएको हिलो र लेदोले घर–आँगन पूरै ढाकिएकोले आफु रातभर निदाउन नसकेको बताए । उनले भने,  “हिजो रातिदेखि परेको पानीले हाम्रो बस्ती नै जोखिममा पार्यो। हामी रातभर सुत्न सकेका छैनौं। घर–आँगन लेदोले भरिएको छ। प्लानिङका कारण अरू समयमा पनि हामीले अनावश्यक जोखिम र तनाव खेप्नुपरेको छ। यस विषयमा हामी सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं।” लामाले निरन्तर वर्षासँगै जोखिम बढ्दै जाँदा बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै आफुहरु चिन्तित भएको समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *