पेट्रोलियम पदार्थको बिक्रि सहज भएसंगै १४ पेट्रोल पम्पमा निगमले लगाएको ताला खुल्यो

अर्थ समाचार
0Shares

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेसंगै सरकारले अनुगमनको क्रममा कारवार्ही स्वरुप पप्प लगाएको ताला खोलेको छ । नेपाल आयल निगमले काठमाडौँ र पोखराका १४ वटा पेट्रोल पम्पमा अनुगमनको क्रममा हिजो लर्गाको थियो । निगमका अनुसार अहिले बजारमा पेट्रोलियम पदार्थको बिक्री वितरण पहिलेकै अवस्थामा फर्किएको छ।

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै देशका विभिन्न पेट्रोल पम्पहरूले इन्धन बिक्री नगरेको तथा कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्रीको निर्देशनपछि निगमको टोलीले काठमाडौँ र पोखराका विभिन्न पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही पम्पले इन्धन नभएको भन्दै बिक्री वितरण पूर्ण रूपमा बन्द गरेको पाएपछि निगमले १४ वटा पम्पमा तत्कालका लागि ताला लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *