ठेकेदारले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमै गएर कुटे

अन्य समाचार
0Shares

 

काठमाण्डौ । इच्छाकमना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलाई ठेकेदारले कार्यकक्षमा गएर कुटपिट गरेपछि पालिकाको कर्मचारी वृतमा खैलावैला मच्चिएकोछ ।

अधिकृत बस्नेतलाई गाउँपालिकाको कार्यकक्ष भित्र प्रवेश गरी ठेकेदार तामाङसहितका ६ जनाको समूहले आज हातपात गरेका थियो।

चितवनका प्रहरी प्रवक्ता डिएसपी चन्द्र भूषण यादवका अनुसार क्रसर व्यवसायी तामाङ सहितको टोली कार्यकक्षमै पुगेर कुटेका हुन् ।

घटनापछि प्रशासकीय अधिकृत बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका समेत बन्द गरेर बस्नेतलाई सामूहिक रूपमा हातपात गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *