रास्वपा भक्तपुर नगरको कमाण्ड संचज्ञान याकामीले सम्हाल्ने

राजनीति
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट भक्तपुरको कमाण्ड संचज्ञान याकामीले सम्हाल्ने भएका छन्। 

आइतबार सम्पन्न प्रथम ऐतिहासिक नगर अधिवेशनबाट याकामी सर्वसम्मत रूपमा भक्तपुर नगर सभापतिमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपसभापतिमा कृष्णराम चुह्याछ, सचिवमा सुमन भेले तथा सहसचिवमा रविन्द्र सुवाल निर्वाचित भएका छन्। त्यसैगरी सदस्यहरूमा जयराम प्रधान, मोहनप्रसाद सुवाल र शिवाकृष्ण याकामी चयन भएका छन्। त्यसैगरी अधिवेशनबाट महिला सदस्यतर्फ सुमित्रा श्रेष्ठ, मनिका नेपाल, सरिता श्रेष्ठ र सम्ब्रदा बज्राचार्य निर्वाचित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *