नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पार्टी संस्थापन समूहसँग वार्ताका लागि ८ बुँदा प्रस्ताव गरेको छ।
प्रस्तावमा महामन्त्री गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जानुपर्ने उल्लेख छ। कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिने र चुनावी गठबन्धन नगर्ने लगायतका बुँदाहरू प्रस्तावमा समावेश छन्।
बुँदाहरु हेर्नुहोस :
- कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
- प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
- चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
- टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
- निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
- उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
- विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रुपमा ग्रहण गर्नुपर्ने

