भक्तपुर क्षेत्र नम्बर २ मा रास्वपा उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी

राजनीति
0Shares

भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री भारी मतान्तरसहित विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश बस्नेत (नेपाल कम्युनिस्ट पार्टी (एमाले)) ले १० हजार ९६६ मत पाएका छन्। खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका हुन्।

त्यस्तै कविर राणा (नेपाली कांग्रेस) ले ८ हजार ४०१ मत प्राप्त गरे। रमेश वैद्य (नेपाल मजदुर किसान पार्टी) ले ३७५३ र रामप्रसाद सापकोटा (नेपाल कम्युनिस्ट पार्टी) ले १३२३ मत पाए।

पूर्व पत्रकारसमेत रहेका खत्रीले विजयी भएपछि मतदाताप्रति आभार व्यक्त गर्दै भक्तपुर–२ मा विकास, सुशासन र पारदर्शिताका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *