सानेपामा काँग्रेस केन्द्रीय सदस्य कुरेको कुर्‍यै

राजनीति
0Shares

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि सहभागी हुन् सानेपामा पुगेका केन्द्रीय सदस्य कुरेको कुर्‍यै  भएका छन् ।

दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु नभएको हो ।

सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *