भक्तपुरका एमाले उम्मेद्वार बस्नेत र मिश्रद्वारा प्रतिवद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

राजनीति
0Shares

भक्तपुरमा नेकपा (एमाले)का प्रतिनिधिसभाका उम्मेद्वार द्वय महेश बस्नेत र सोम मिश्रले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।

आज नेकपा (एमाले) निर्वाचन परिचालन कमिटी भक्तपुरद्वारा जिल्ला पार्टी कार्यालय घलातेमा आयोजित प्रतिवद्धता पत्र सार्वजनिकरण कार्यक्रम गरी एमाले सचिव तथा क्षेत्र नं. २ का उम्मेद्वार बस्नेत र क्षेत्र नं. १ का मिश्रद्वारा आगामी फागनु २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचन केन्द्रीत आगामी पाँच वर्षको भक्तपुरको विकास र समृद्धिको खाका सहितको प्रतिवद्धता सार्वजनिक गरिएको हो ।

२०७४ सालमा तीन वटै तहमा एमालेका प्रतिनिधि निर्वाचित हुँदा भएका विकासका गौरवपूर्ण कार्यहरु, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, ढल, पुल, सांस्कृतिक सम्पदाको विकास र प्रवद्र्धन प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । त्यस्तै प्रतिवद्धतामा आगामी पाँच वर्षमा भक्तपुरको दिर्घकालीन रणनीति, आर्थिक विकास, सामाजिक विकास तथा उत्पादन, कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, उद्योग, स्मार्ट सिटी, सूचना प्रविधिलगातयतका कार्यहरुलाई रोजगारीसँग जोड्ने महत्वकांक्षी योजनाहरु समेटीएका छन् ।

 

त्यस्तै भक्तपुरमा जनताको सहज पहुँचमा रहने गरी सरकारी तथा गैरसरकारी सेवा विस्तार, शुसासन कायम, शान्तिसुरक्षा, युवा तथा महिला शसक्तीकरण, कृषि तथा रैथाने उत्पादनको बजार प्रवद्र्धन, सूचना प्रविधिको विकास, विपद् व्यवस्थापन, पर्यावरण तथा बन संरक्षण लगायतका कुराहरुलाई विस्तृतमा समेटिएको छ ।

क्षेत्र नं. २ महेश बस्नेतका प्रतिवद्धताहरु

क्षेत्र नं. १ सोम मिश्रका प्रतिवद्धताहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *