भक्तपुर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुरले फागुन २१ गते हुने संघीय निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला पार्टी कमिटीको बैठकले प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट सुदर्शन पराजुली, हरिराम लवजू र सुनिल गोठे बासुको नाम सिफारिस गरिएको छ। त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ बाट रामप्रसाद सापकोटा र श्यामसुन्दर वस्नेतलाई उम्मेदवारका रूपमा अघि सारिएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ दिलिप कुमार प्रजापति, त्रोट्र कुमारी अधिकारी, भवानी खड्का, रिता अवाल, अन्जना पोखरेल, माइला बाबु द्योला, प्रेम कुमार लामा र जयकृष्ण दुवालको नाम सिफारिस गरिएको छ।
पार्टीले जनताको चाहना, संगठनको अवस्था र राजनीतिक अनुभवलाई आधार मानेर उम्मेदवार छनोट गरिएको जनाएको छ। आगामी निर्वाचनमा नेकपाले भक्तपुरमा बलियो उपस्थिति देखाउने दाबी पनि पार्टीले गरेको छ।


