नगरवासीको आवश्यकतालाई प्राथमिकतामा राखेर विकास निर्माण कार्य अघि बढाइएको छ : मेयर थापा

समाचार
0Shares

भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले विकास निर्माणका कार्यमा सूर्यविनायक नगरपालिका निरन्तर सक्रिय रहेको बताएका छन्। 

वडा नं. ९ अन्तर्गत खड्का खोलामा निर्माण सम्पन्न भएको कल्भर्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले भने, “विकास निर्माणका कार्यमा सूर्यविनायक नगरपालिका निरन्तर सक्रिय छ। नगरवासीको आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राख्दै गुणस्तरीय, दिगो र समयमै सम्पन्न हुने विकास निर्माणलाई हामीले उच्च प्राथमिकता दिएका छौँ।”  

यसअघि खड्का खोलामा स्थायी संरचना नहुँदा वर्षायाममा सवारीसाधन तथा पैदलयात्रीलाई आवतजावतमा गम्भीर समस्या हुँदै आएको थियो। स्थानीयवासीको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै नगरपालिकाले उक्त स्थानमा कल्भर्ट निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको हो। कल्भर्ट उद्घाटन कार्यक्रममा वडा नं. ९ का अध्यक्ष भगवान खत्री, जनप्रतिनिधिहरु, वडा तहका पदाधिकारी, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन अचुतम खत्रीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *