एमालेबाट टिकट नपाएपछि पूर्वप्रधानमन्त्रीका छोराले नै छाडे एमाले

समाचार
0Shares

पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन्। आगामी निर्वाचनमा टिकट नपाउने निश्चित भएपछि उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै राजीनामा बुझाएका हुन्।

रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उम्मेदवार बनाइएपछि शाह असन्तुष्ट बनेका थिए। उनी सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आकांक्षी थिए। राजीनामा पत्रमा शाहले पार्टीभित्र अवसरवाद हाबी भएकाले बसिरहनु उपयुक्त नदेखिएको उल्लेख गरेका छन्।

शाहले करिब ९ वर्षअघि केपी शर्मा ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका थिए। तर, पार्टीमा आफूलाई कुनै जिम्मेवारी वा अवसर नदिइएको भन्दै उनले गुनासो गरेका छन्।

शाह २०३८ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *