नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि सहभागी हुन् सानेपामा पुगेका केन्द्रीय सदस्य कुरेको कुर्यै भएका छन् ।
दिउँसो १ बजेका लागि डाकिएको बैठक अहिलेसम्म सुरु नभएको हो ।
सानेपास्थित केन्द्रीय कार्यालयको बैठकहलमा केन्द्रीय सदस्यहरू शीर्ष नेतालाई कुरेर बसिरहेका छन् । उता शीर्ष नेताहरू छुट्टै छलफलमा जुटेका छन् । छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, शशांक कोइरालालगायत छन् ।

