हनुमानघाटमा श्री माधवनारायण व्रत आरम्भ, २८ जना ब्रतालु सहभागी

समाचार
0Shares
भक्तपुर । भक्तपुरको ऐतिहासिक तथा पवित्र धार्मिक स्थल हनुमानघाटमा आजबाट श्री माधवनारायण व्रत विधिवत रूपमा सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म सञ्चालन हुने यो व्रत एक महिनासम्म चल्ने कठिन धार्मिक अनुष्ठान हो। व्रतको पहिलो दिन नै हनुमानघाट क्षेत्रमा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
व्रत बस्ने ब्रतालुहरूले प्रत्येक दिन बिहान सबेरै हनुमानघाटमा स्नान गरी श्री माधवनारायणको पूजा–अर्चना गर्ने, ब्रह्मचर्य पालना गर्ने, सादा भोजन ग्रहण गर्ने तथा धार्मिक कथा श्रवण गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार यस व्रतले पाप नाश हुने, मनोकामना पूरा हुने र आत्मिक शुद्धि प्राप्त हुने मान्यता छ।
यस वर्ष हालसम्म ७ जना महिला र २१ जना पुरुष गरी २८ जना ब्रतालु सहभागी भएका छन्। आयोजकका अनुसार माघ महिनाभर व्रत बस्न इच्छुक थप श्रद्धालुहरू आउने सम्भावना रहेकाले ब्रतालुको संख्या अझै बढ्न सक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *