क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ। आइतबार नेपाल प्रेस सोसाइटीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका पोलिटब्युरो सदस्य दिनेश शर्माले वर्तमान निर्वाचन प्रक्रिया जनताको वास्तविक प्रतिनिधित्व गर्न असफल भएको दाबी गर्दै चुनाब बहिस्कारको सार्वजनिक घोषणा गरेका हुन् ।
उनले भने , ” यो निर्वाचन संसदवादी राजनीतिक पार्टीका भरपर्दा दलाल नेताहरु र जेनजी विद्रोहका आडमा पैदा भएका नयाँ नेताहरुलाई वैधानिक ढंगबाट सत्ता सुम्पिने प्रपंच हो। हामीहरु यहि कारण यो निर्वाचन बहिस्कार गर्दछौं। “
शर्माले लामो समयदेखि देश र जनताले भोग्दै आएका बेरोजगारी, महँगी, भ्रष्टाचार र असमानताको समस्या संसदीय अभ्यासबाट समाधान हुन नसकेको दावी गर्दै संसदीय प्रणाली स्वयं समस्याको जड भएको समेत बताए।

