काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमै प्रतिबन्ध लाग्ने स्थितिमा पुर्याएको आरोप लगाएका छन । नेपाल खेलकुद महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै एन्फालाई प्रतिबन्ध लाग्ने स्थितिबाट बाहिर निकाल्नुपर्ने बताए ।
ओलीले थपे– ‘टुप्पोमा परिवर्तन गर्न खोजेर हुँदैन, यसलाई अलि जरैदेखि परिवर्तन गर्नुपर्छ, फेदैदेखि परिवर्तन गर्नुपर्छ, अनि मात्रै परिवर्तन हुन्छ। तपाईँहरूको मनोबल कमजोर हुनु हुँदैन । एन्फा अहिले प्रतिबन्ध भयो, तर त्यसलाई प्रतिबन्धको स्थितिबाट उन्मुक्त गर्ने र विश्वमा हाम्रा खेलाडीहरू अन्यत्रका जस्तै नेपाली खेलाडीहरूको पनि अन्तर्राष्ट्रिय जगत्मा नाम चम्किन सक्छ। उनीहरूको कारणले नेपालको प्रतिष्ठा बढ्न सक्छ।

