सूर्यविनायक नगरपालिका धमाधम वालमैत्री वडा घोषणा गर्दै

अन्य समाचार
0Shares

 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा वालमैत्री घोषणा कार्यक्रम अन्र्तगत ५ कटुञ्जे र वडा नं ६ लाई छुट्टाछुट्टै कार्यक्रम मार्फत बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ।
हिजो भएको कार्यक्रममा ५ कटुञ्जेकोमा नगर प्रमुख बासुदेव थापाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे ।सो अवसरमा नगर प्रमुख थापाले बालमैत्री शासन केवल घोषणा गर्ने विषय नभई बालबालिकाको भविष्य सुरक्षित गर्ने, उनीहरूको अधिकार सुनिश्चित गर्ने र स्थानीय विकास प्रक्रियामा बाल सहभागिता बढाउने महत्वपूर्ण अभियान भएको वताए ।

प्रमुख थापाले सूर्यविनायक नगरपालिकामा सोमबारसम्म वडा नं १ देखि ६ सम्मका वडाहरू बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेको जानकारी दिँदै बाँकी रहेका ४ वटा वडालाई पनि आवश्यक प्रक्रिया पूरा गरी बुधबारसम्म घोषणा गर्ने तयारी रहेको जानकारी गराए ।

त्यस्तै, वडा नं ६ को पनि छुट्टै कार्यक्रममार्फत नगर प्रमुख थापाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरे । कार्यक्रममा वडा अध्यक्ष ईश्वर खड्काले नगरपालिका स्थापना भएदेखि नै बालमैत्री शासनको अवधारणालाई आत्मसात् गर्दै आएको भए पनि अहिले आवश्यक सूचक तथा मापदण्डहरू पूरा गरी औपचारिक रूपमा घोषणा गरिएको वताए ।

बालमैत्री स्थानीय शासनले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण, सहभागिता तथा सुरक्षित वातावरण सुनिश्चित गर्दै स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्य राखेको उनले जानकारी दिए ।

कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नं६ का वडाध्यक्ष ईश्वर खड्का, कार्यपालिका सदस्य तथा वडास्तरीय बालमैत्री संयोजक कमला पोखरेल, वडा सदस्य मनोज थापा लगायत जनप्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *