भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डू नगरकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ।
शुक्रबार एक कार्यक्रमका बीच नगर प्रमुख बासुदेव थापाले उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन्। कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, विभिन्न वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
नगरपालिकाले बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण तथा स्थानीय शासनलाई बालमैत्री बनाउने अभियानअन्तर्गत गुण्डूलाई पहिलो बालमैत्री वडा घोषणा गरिएको जनाएको छ। साथै आगामी दिनमा आवश्यक मापदण्ड पूरा गरेका अन्य वडाहरूलाई पनि क्रमशः बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै जाने नगरपालिकाले जनाएको छ।
उक्त वडाको नेतृत्वमा रविन्द्र सापकोटाले गरिरहेका छन्।

