रामहरि चौलागाईं/ भक्तपुर। भक्तपुरको मालपोत र नापी कार्यालयमा रास्वपाका सांसद राजीब खत्री र रुकेश रन्जितले आकस्मिक अनुगमन गर्दै सेवाग्राहीलाई अनावश्यक हैरानी नदिनु भन्दै कार्यालय प्रमुखलाई कडा निर्देशन दिएका छन्।
मंगलबार अनुगमनका क्रममा सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने, काममा अनावश्यक ढिलासुस्ती र प्रक्रियामा झन्झट रहेको गुनासो गरेका थिए। त्यसपछि सांसदद्वयले मालपोतका कर्मचारीलाई सरकारको स्पिरिट अनुसार छिटो र छरितो सेवा दिन ठाडो निर्देशन दिएका हुन् । उनीहरुले अब देशमा नयाँ सरकार बनेको र नयाँ सरकारसंग जनताको धेरै अपेक्षा रहेकोले जनचाहना सम्बोधन गर्ने हिसाबले काम गर्न समेत कर्मचारीहरुलाई सजग गराए।

