0Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ शक्ति एकीकरण प्रक्रियामा महत्वपूर्ण सहमति जुटेको छ।
सभापति रवि लामिछाने र ऊर्जा क्षेत्रमा परिचित व्यक्तित्व कुलमान घिसिङबीच पार्टी एकीकरण र भूमिकाबारे सहमति भएको हो। सहमतिअनुसार घिसिङ रास्वपाको उपसभापति बन्नेछन् भने समानुपातिकतर्फ १८ जना उनको टिमबाट समावेश गरिनेछ।
यसअघि सभापति रवि लामिछाने र प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह रहने सहमति भइसकेको थियो। उक्त सहमतिप्रति असन्तुष्ट देखिएका घिसिङसँग निरन्तर छलफलपछि सोमबार काठमाडौंमा अन्तिम सहमति जुट्दै ड्राफ्टमा हस्ताक्षर प्रक्रिया अघि बढेको स्रोतले जनाएको छ।


