भक्तपुर । २३ औ राष्ट्रिय धान दिवसको अवसर पारेर नागरिक समाज भक्तपुरले जिल्लाका उल्कृष्ट कृषकहरुलाई सम्मान गरेको छ । उनीहरुलाई राष्ट्रिय कृषि आधुनिकरण भक्तपुरका प्रमुख चुडामणि भटराइले प्रेस सोसाइटीको सभाहलमा सम्मान गरेका हुन । सम्मानित हुने कृषकहरुमा ठूलोबाबु श्रेष्ठ,रिखेश्वर भटराई,रमेस केसी,प्रदीप प्रधान,केनिन्द्र अधिकारी ,दराराम मचामसी र गणेश पौडेल रहेका छन । कार्यक्रममा प्रमुख अतिथि चुडामणि भट्राईले कुनै पनि सेवा ग्राहीले कार्यलयमा आएर कागजपत्र नपुगेर फर्किनु नपारेको वताए ।किसानका सबै समस्या शम्वोधन गर्ने नसकेको वताउदै उनले थपे हामी सधै उहाँहरुसंगै जोडिएर समस्याहरु सम्वोधनका लागि लागिनै रहनेछौ । सोही कार्यक्रममा सूर्यविनायक वडा नं ८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले कृषिलाई प्रवर्धन गर्ने सोचका साथ नगरपालिकाले कृषि हाट वजारको कार्यक्रम आफ्नो वडामा ल्याएको वताए । उनले नगरपालिकाले कृषि औजार समेत कृषकहरुलाई वितरण गर्दै आएको जानकारी समेत गराए ।
नागरिक समाजका प्रवक्ता एव कार्यक्रम संयोजक केशव लुईटेलले कार्यक्रमका वारेमा प्रकाश पारेका थिए । सो कार्यक्रमको संचालन रित वहादुर श्रेष्ठले गरेका थिए भने प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा कार्यक्रम सम्पन भएको थियो ।

