महासचिव पदका प्रत्यासी पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित, पोखरेल जेनतेन निर्वाचित

राजनीति
0Shares

नेकपा एमालेको एघारौं महाधिवेशनमा महासचिव पदका प्रत्यासी सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा समेत पराजित भएका छन्। महाधिवेशनको अन्तिम निर्वाचन परिणाम अनुसार पाण्डे खुल्ला केन्द्रीय सदस्यतर्फ चयन हुने ७२ जनाभित्र अटाउन सकेनन्। उनीले कुल ९६१ मत मात्र प्राप्त गरेका छन् भने न्यूनतम आवश्यक मत १०२७ रहेको थियो।

यससँगै महासचिव पदमा पराजय भोगेका पाण्डेका लागि यो थप ठूलो झटका मानिएको छ। उनको पराजयले एमालेभित्रको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक स्थिति प्रभाव पार्ने अनुमान गरिएको छ।

यता अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेल भने जेनतेन केन्द्रीय सदस्यतर्फ निर्वाचित हुन सफल भएका छन्। पोखरेलले १ हजार ८८ मत प्राप्त गर्दै अन्तिम सूचीमा आफ्नो स्थान सुरक्षित गरेका छन्। उनको चुनाव जित्नुले आगामी कार्यकालमा पार्टीभित्रको रणनीति र नेतृत्व संरचनामा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व टिम चयनसँगै एमालेको आगामी राजनीतिक दिशा, आन्तरिक सहमति र संगठनात्मक कार्यनीतिमा ठूलो असर पर्ने विश्लेषकहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *