अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, जित सुनिश्चित छ : खत्रीले भने, निरिक्षणले त अहिले त झन् आत्मविश्वास बढेको छ।

राजनीति समाचार
0Shares

भक्तपुर क्षेत्र नं. २ का रास्वपा उम्मेदवार राजीव खत्री ले आफ्नो जीत सुनिश्चित भएको बताएका छन्। आज गुण्डुमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो आत्मविश्वास व्यक्त गरेका हुन्। बुथ निरीक्षणको क्रममा गुन्दु भैरवीमा बि केन्द्रमा पुगेर पत्रकारसँग कुरा गर्दै उनले भने, “अहिले मात्र हैन, पहिले नै भनेको थिएँ, मेरो जित सुनिश्चित छ र अहिले त झन् आत्मविश्वास बढेको छ।” उनले अहिलेसम्म २२ भन्दा बढी मतदान केन्द्र निरीक्षण गरेको र केही स्थानहरूमा निरीक्षण बाँकी रहेको जानकारी दिए।

खत्रीले मतदाता उत्साहित देखिएको र मतदान प्रक्रियामा कुनै अप्रिय घटना नदेखिएको पनि बताए। उनका अनुसार मतदाताहरूले निष्पक्ष र स्वतन्त्र मतदानमा सहभागी भैरहेको देखेर चुनावको वातावरण सकारात्मक रहेको छ। उनले आफ्नो जित केवल व्यक्तिगत सफलता नभएर रास्वपाको संगठनात्मक शक्ति र जनसमर्थनको परिणाम भएको बताए। आगामी परिणामले क्षेत्रीय विकास र जनताको आशा पुरा गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *