0Shares
भोलि फागुन १६ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी प्रचार अभियानका क्रममा भक्तपुर आउने भएका छन्। पार्टीको चुनावी कार्यक्रमअनुसार बिहान ७:४५ बजेदेखि प्रचार यात्रा सुरु हुनेछ। नेताद्वयले मनोहरा पुलबाट यात्रा प्रारम्भ गर्दै पेप्सीकोला, सानोठिमी, बहाखा बजार, दुवाकोट चोक, जगाती, सूर्यविनायक, पान्दुबजार, गुन्डु, गाम्चा, दधिकोट, शंखधर चोक, दुईपोखरी थिमी, गठ्ठाघर, कौशालटर हुँदै लोकन्थलीसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।
यस क्रममा उनीहरूले विभिन्न स्थानमा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने, जनगुनासा सुन्ने र पार्टीका नीति तथा चुनावी प्रतिबद्धताबारे जानकारी गराउने बताइएको छ। चुनाव नजिकिँदै जाँदा भक्तपुर क्षेत्रमा रास्वपाले प्रचार अभियानलाई तीव्र बनाएको छ।

