तरुण दलका अध्यक्षको आग्रह- गगनजि मिल्नुस्, तपाइलाई हामी नेता बनाउँछौं

राजनीति
0Shares

 नेपाली कांग्रेस निकट नेपाल तरुण दलले पार्टी एकताको पक्षमा दबाब अभियान शुरु गरेको छ ।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयन प्रक्रिया शुरु गरिरहेका बेला संस्थापन पक्ष निकट तरुण दलका नेता, कार्यकर्ताहरूले ले मंगलवार सानेपास्थित पार्टी कार्यालयमा भेला भएर पार्टी एकताको पक्षमा दवाव दिएका हुन् ।

उनीहरूले पार्टीलाई एकतावद्ध बनाएर लैजान महामन्त्री गगनकुमार थापालाई आग्रह समेत गरेका छन् ।

महामन्त्री थापा सिंगो पार्टीको नेता बन्नसक्ने भएकाले उनलाई पार्टीलाई एकताबद्ध बनाएर लैजान आग्रह गरिएको पनि तरुण दलका सभापति विद्वान गुरुङले बताए ।

‘हामीलाई के विश्वास छ भने गगन थापा नेपाली कांग्रेसका महामन्त्री पनि हुनुहुन्छ । उहाँ जनताको प्रिय नेता पनि हुनुहुन्छ । हमीलाई विश्वास छ–उहाँलाई सिंगो पार्टीको नेता बनाउन हामीले चाहेका छौं । त्यस्तो खालको दबाब पनि छ,’ उनले भने, ‘महामन्त्रीज्यूलाई हामी के आग्रह गर्न चाहन्छौँ भने अहिलेको अवस्थामा तपाईले नेपाली कांग्रेसलाई फुटाएर होइन, जुटाएर लैजाने कुरामा तपाईंले पक्कै पहल गर्नुहुन्छ भन्ने कुरामा हामीले त्यो अनुरोध गर्न चाहन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *