महामन्त्री शर्माको प्रस्तावःप्रधानमन्त्री दुई पटकभन्दा बढी बन्न नपाउने

राजनीति समाचार
0Shares

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र राज्य सञ्चालनको परम्परागत शैली बदल्ने गरी आफ्नो प्रस्ताव पेस गरेका छन् । उनले ‘बदलिएको देशरबदल्नुपर्ने कांग्रेस’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले मुलुकको शासकीय स्वरूपदेखि पार्टीको आन्तरिक जीवनसम्म आमूल परिवर्तनको खाका कोरेका छन् ।

विशेष महाधिवेशनको बन्द सत्रमा पेस गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा पेचिलो र दूरगामी महत्त्वको प्रस्तावका रूपमा प्रधानमन्त्रीको कार्यकाल निर्धारणलाई अघि सारिएको छ । महामन्त्री शर्माले भविष्यमा कांग्रेसको तर्फबाट वा कांग्रेसको पहलमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री कोही पनि व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने प्रस्ताव गरेका छन् ।

यसैगरी राजनीतिक स्थिरता र दलीय स्वाभिमानको रक्षाका लागि शर्माले निर्वाचनमा गठबन्धन नगर्ने नीति अघि सारेका छन् । विगतमा भएका गठबन्धनले पार्टीको मौलिकता गुमेको र मतदाताको विवेकमा प्रहार भएको निष्कर्ष निकाल्दै उनले अबका कुनै पनि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने उद्घोष गरेका छन् । महासमिति बैठकको भावनालाई आत्मसात् गर्दै उनले यसलाई विशेष महाधिवेशनबाटै अनुमोदन गराउने प्रस्ताव गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *