काठमाण्डौ । नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ बाट पतिनिधि सभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका नन्दकिशोर बस्नेत एनके राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०मा प्रवेश गरेका छन् ।
हिजो रास्वपाको केन्द्रीय कार्यालयमै गएर उनी पार्टी प्रवेश गरेका हुन् । बस्नेत एमाले दैलेखमा चिनिएकै नेता हुन् । उनलाई यसअघि नै चुनाव लड्ने नेताका रूपमा चर्चा गरिन्थ्यो । सोही अनुसार यो पटक एमाले दैलेखले क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको थियो ।
पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले नाम फिर्ता लिए । तर बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमै सिफारिस गरिएको छ ।

