रामहरि चौलागाईं/ भक्तपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिले नगरपालिकाभित्र भइरहेको अवैध माटो तथा बालुवा उत्खनन, ओसारपसार र मापदण्डविपरीत सञ्चालनमा रहेका इट्टा भट्टाप्रति गम्भीर आपत्ति जनाएको छ।
समितिका सभापति रोशन थापाद्वारा जारी विज्ञप्तिमा नगरका विभिन्न स्थानमा रातिको समयमा समेत खुलेआम उत्खनन र ढुवानी भइरहेको उल्लेख गर्दै यसमा राजनीतिक संरक्षण, प्रशासनिक बेवास्ता र नियामक निकायको कमजोरी रहेको आरोप लगाइएको छ।
रास्वपाले अवैध उत्खनन तत्काल बन्द गरी संलग्नमाथि कानुनी कारबाही, मापदण्ड नपुगेका इट्टा भट्टाको छानबिन तथा बन्द, राजनीतिक–प्रशासनिक संरक्षणबारे निष्पक्ष अनुसन्धान र प्रभावकारी अनुगमन प्रणाली स्थापना गर्न माग गरेको छ।
विज्ञप्ति हेर्नुहोस :


