राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध तात्कालीन ओली सरकारले पाँच ठाउँमा तरबार झुन्डाएको बताएका छन्।
बिहिबार चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले राज्यले गरेको दमनले चित्त दुखेको उल्लेख गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘त्यो तरबार खसोस् मलाई प्रवाह छैन। तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएरै छोड्ने हो।”

