चाँगुनारायण नगरपालिकाले सार्वजनिक गर्यो २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट

समाचार
0Shares

भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्ब ४ करोड ४५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर उपप्रमुख रमेश बुढाथोकीले नगरसभामा बजेट प्रस्तुत गरेका हुन् ।

गत वर्षको २ अर्ब ५६ करोड रुपैयाँको तुलनामा यस वर्ष बजेटको आकार घटाइएको छ। अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेपछि बजेटलाई यथार्थपरक बनाइएको नगरपालिकाले जनाएको छ। आगामी वर्षका लागि आन्तरिक आय ३४ करोड ६ लाख रुपैयाँ, घरजग्गा रजिष्ट्रेशनबाट ८६ करोड रुपैयाँ तथा सवारी साधन राजस्व बाँडफाँडबाट ८ करोड २२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

नगरपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधार, खानेपानी, कृषि, पर्यटन र सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ। प्रत्येक वडाका लागि २ करोड रुपैयाँका दरले १८ करोड रुपैयाँ विनियोजन गरिएको छ भने प्रशासनिक तथा कार्यालय सञ्चालनतर्फ करिब ३५ करोड रुपैयाँ छुट्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *