रास्वपा मध्यपुर थिमिको सभापतिमा न्हुच्छे रत्न मानन्धर सर्वसम्मत

समाचार
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय स्वतन्त्र पार्टी मध्यपुर थिमि नगर समितिको ऐतिहासिक नगर अधिवेशनबाट न्हुच्छे रत्न मानन्धर सर्वसम्मत रूपमा नगर सभापतिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो।

नयाँ कार्यसमितिको उपसभापतिमा उषा प्रजापति निर्वाचित भएकी छन्। त्यसैगरी जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, सञ्जय कोइराला र सुरज श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेती र राधाकृष्ण श्रेष्ठ चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्तराज बराल चयन भएका छन्।

रास्वपाले भक्तपुरमा संगठन विस्तारलाई तीव्रता दिँदै गएको जनाएको छ। यसअघि चाँगुनारायण नगर सम्मेलन सम्पन्न भइसकेको र दोस्रो सम्मेलनका रूपमा मध्यपुर थिमि नगर अधिवेशन सम्पन्न भएको हो। पार्टीका अनुसार अब तेस्रो नगर सम्मेलन सूर्यविनायक नगरपालिका मा आयोजना गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *