ओली पक्राउविरुद्ध एमालेको कडा विरोध, रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्ने निर्णय

राजनीति समाचार
0Shares

नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई  पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ। आज बसेको सचिवालय बैठकले उक्त कदमलाई लोकतन्त्र र कानुनी शासनविरुद्धको कार्य भएको ठहर गर्दै सशक्त कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए।

बैठकले आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ। साथै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाइनेछ।

एमालेले लोकतन्त्र र विधिको शासनको पक्षमा रहेका अन्य राजनीतिक दल, नागरिक समाज तथा आम जनसमुदायसँग संवाद र सहकार्य गर्दै आन्दोलनलाई थप सशक्त बनाउने पनि निर्णय गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *