भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रमा अवैध माटो तथा बालुवा तस्करी झन् बढ्दै गईरहेको पाईएको छ।
स्थानीयका अनुसार दिनमा ३–४ वटा गाडी मात्र चलाउन अनुमति भए पनि दैनिक १५–२० वटा गाडीबाट खुला रूपमा माटो तथा बालुवा तस्करी भइरहेको गुनासो छ। यसै विषयमा केही दिन अघि भक्तपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रुकेश रञ्जितले स्थलगत निरीक्षण गर्नुका साथै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ध्यानाकर्षण गराए पनि पालिका र प्रसासनले वेवास्ता गरेको पाइएको हो।

