भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित सांसद रूकेश रंजितले परम्परागत नेवारी पोशाकमा सजिएर नेवारी भाषामै सांसदको सपथ लिने भएका छन् ।
सांसद रंजितले आफ्नो सांस्कृतिक पहिचान झल्काउने गरि परम्परागत नेवारी पोशाकमा सजिएर नेवारी भाषामै सपथ लिने गरी तयारी गरेका हुन् । यसका लागि उनले संसद सचिवालयमा जानकारी समेत गराईसकेका छन् ।

