सूर्यविनायक बालमैत्रीअभियान ४ पनि बन्यो बालमैत्री स्थानीय शासनयुक्त वडा

समाचार
0Shares

भक्तपुर । बालमैत्री स्थानीय शासन प्रवर्द्धन अभियानलाई निरन्तरता दिँदै सूर्यविनायक नगरपालिका वडा नं ४ बालकोटलाई औपचारिक रूपमा “बालमैत्री स्थानीय शासनयुक्त वडा” घोषणा गरिएको छ।

सूर्यविनायक नगरपालिकामा बालमैत्री वडा घोषणा अभियानले तीव्रता पाइरहेको छ। यसअघि वडा नं १, २, ३ र ७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन् भने बाँकी वडाहरूमा समेत आवश्यक प्रक्रिया अघि बढिरहेको छ।

आइतबार एक कार्यक्रमका बीच सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले वडा नं ४ बालकोटलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो।

कार्यक्रममा नगर उपप्रमुख सरिता भट्टराई, वडा अध्यक्ष लछुराम न्यौपाने, जनप्रतिनिधि, कर्मचारी, बालमैत्री स्थानीय शासन समितिका प्रतिनिधि, विभिन्न विद्यालयका बालबालिका, सरोकारवाला तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *