माटो–बालुवा तस्करीले संकटमा चाँगुनारायण मन्दिर क्षेत्र, नगरपालिका बेवास्ता गर्दै

समाचार
0Shares

विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर क्षेत्र निरन्तर भइरहेको माटो तथा बालुवा तस्करीका कारण कुनै पनि बेला जोखिममा पर्न सक्ने अवस्था देखिएको छ।

स्थानीयले पटक–पटक स्थानीय तहलाई यस विषयमा जानकारी गराए पनि जनप्रतिनिधिले पर्याप्त चासो नदेखाएको भन्दै मन्दिर क्षेत्रको अस्तित्व नै संकटमा पर्ने जोखिम बढ्दै गएको हो। स्थानीयका अनुसार स्थानीय प्रशासन, जनप्रतिनिधि र तस्कर समूहबीच त्रिपक्षीय सेटिङमा माटो र बालुवा दोहन भइरहेको छ।

लामो समयदेखि चाँगुनारायण नगरपालिका तथा आसपासका क्षेत्रमा निरन्तर माटो र बालुवा तस्करी भइरहेको गुनासो उठ्दै आएको थियो। यही विषयलाई सम्बोधन गर्न बुधबार भक्तपुर क्षेत्र नम्बर १ बाट नव–निर्वाचित सांसद रुकेश रञ्जित चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँस्थित क्षेत्रमा निरीक्षणका लागि पुगेका थिए।

सो अवसरमा स्थानीय बासिन्दाले आफूहरूले पटक–पटक नगरपालिकामा गुनासो गर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको बताए। एक स्थानीयले भने, “हामीले धेरैपटक जानकारी गरायौँ, तर सुनुवाइ भएन। यसरी माटो–बालुवा निकालिरहँदा चाँगुनारायणको बस्ती र मन्दिर क्षेत्र नै जोखिममा परेको छ।” उनले माटो तथा बालुवा तस्करीका कारण चाँगुनारायण आसपासका बस्तीहरू समेत उल्लेख्य जोखिममा परिरहेका बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *