कांग्रेसको विशेष महाधिवेशनको पक्षमा तीन घण्टामै २० प्रतिशत प्रतिनिधिकोनाम दर्ता

राजनीति
0Shares

नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि धमाधम महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरिरहेका छन् । भृकुटीमण्ड महाधिवेशनस्थलमा प्रतिनिधिले आज बिहान ८ बजेपछि नाम दर्ता गराइरहेका छन् ।

प्रतिनिधिको परिचय खुल्ने कागज, फोटो र एक हजार रुपैयाँ शुल्कसहित प्रतिनिधिले नाम टिपाइरहेका हुन् । नाम टिपाउन थालेको तीन घण्टा नपुग्दै झण्डै २० प्रतिशत प्रतिनिधि दर्ता भएका हुन् ।

संस्थपनले विशेषको पक्षमा ३० प्रतिशत प्रतिनिधि पनि नपुग्ने दाबी गरेको थियो । तर, नाम दर्ता भएको केही घण्टामै २० प्रतिशत पुगेका हुन् । यसअघि २९ असोजमा १४औँ महाधिवेशनका २४८८ प्रतिनिधिले लिखित हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए । यो संख्या विशेषसम्म आइपुग्दा ६० प्रतिशत पुग्ने मागकर्ताको दाबी छ ।

हस्ताक्षर गर्नेबाहेक ५ सय बढी प्रतिनिधि थपिने दाबी विशेष पक्षधरको छ ।

बिहान ११ बजेसम्म ४८८ प्रतिनिधिले नाम दर्ता गरेका हुन् । महाधिवेशन स्थलमा प्रदेश अनुसारको दर्तास्थल तोकिएको जहाँ लुम्बिनीबाट १२२, कोशीबाट ८३, मधेशबाट ८२, गण्डकीबाट ८०, बागमतीबाट ६२,   सुदुरपश्चिमका ३० र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट २९ जनाले नाम लेखाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *