भक्तपुर–१ : नेमकिपाको अभेद्य गढ भत्काउँदै रास्वपाका रञ्जितको ऐतिहासिक जीत

राजनीति
0Shares

भक्तपुर क्षेत्र नम्बर १ मा ३४ वर्षपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को पकड तोडिएको छ। बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जित ३३ हजार ४३७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन्।

२०४८ सालदेखि लगातार आफ्नो प्रभाव कायम राख्दै आएको नेमकिपा यसपटक भने पराजित भएको हो। यसअघि २०४८, २०५१, २०५६, २०६४ र २०७० सालमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेले उक्त क्षेत्रबाट निरन्तर चुनाव जितेका थिए। २०७४ मा बिजुक्छेले विश्राम लिएपछि सुवाल निर्वाचित भएका थिए।

भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका समेटिएको यस क्षेत्रमा यसपटक कांग्रेसका किरण न्यौपाने, एमालेका सोम मिश्र लगायत उम्मेदवार चुनावी मैदानमा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *