सूर्यविनायक नगरपालिकामा एचपिभी खोप अभियान सुरु

राजनीति
0Shares

सूर्यविनायक नगरपालिकाले नगरभित्र कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप अभियान सुरु गरेको छ।  

नगर क्षेत्रमा आजदेखि फागुन २९ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। अभियान अवधिभर प्रत्येक वडाका स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ भने खोप कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिएको छ। विद्यालयमा खोप लगाउन छुटेका किशोरीहरूका लागि फागुन १ गतेदेखि वडा स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइने समेत नगरपालिकाले जनाएको छ। नगरपालिकाले यस अभियानमार्फत १ हजार १५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *