रास्वापाले जितेपछि मात्र भक्तपुरमा ख्वप विश्वविद्यालय बन्छ : नेता रञ्‍जित

राजनीति
0Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रुकेश रञ्जितले आगामी निर्वाचनमा रास्वापाले जितेपछि मात्र भक्तपुरमा ख्वप विश्वविद्यालय बन्ने दाबी गरेका छन्।

आइतबार रास्वपा भक्तपुर जिल्ला समितिले दुधपाटीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रञ्जितले भक्तपुरमा नेमकिपाले विश्वविद्यालय बनाउन नसकेको उल्लेख गर्दै रास्वपाले जितेमा विश्वविद्यालय बनाउने बताएका हुन्। उनले परिवर्तनको चाहना बोकेका भक्तपुर १ का जनताले यसपटक ऐतिहासिक रुपमा घन्टी बजाएर रास्वपालाई अभूतपूर्व रुपमा विजयी गराउने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *