नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने भन्दै भदौ २३ गतेको आपराधिक क्रियाकलापमा संलग्नहरू कारबाहीको दायरामा आउनुपर्ने बताएका छन् ।
बिहीबार झापाको दमक-८ स्थित जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको कम्युनिस्ट नेता गगन पुरीको घर अवलोकनको क्रममा यस्तो बताएका हुन् ।

