काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले सचिवालय बैठक बोलाएको छ ।
बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।
बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् ।
उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाका शीर्ष नेतृत्व छलफल गर्न लागेको हो ।

