भक्तपुरको राष्ट्रिय प्राणी उद्यान निर्माण वर्षौँदेखि अलपत्र अवस्थामा, सरकारी प्रतिबद्धताप्रति गम्भीर प्रश्न

समाचार
0Shares

भक्तपुरको सूर्यविनायकमा प्रस्तावित राष्ट्रिय प्राणी उद्यान निर्माण वर्षौँदेखि अलपत्र अवस्थामा रहँदा सरकारी प्रतिबद्धता र कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठेको छ।

वि.सं. २०७१ माघ २९ गते मन्त्रिपरिषद्को निर्णयअनुसार २४५ हेक्टर वनक्षेत्रमा उद्यान स्थापना गर्ने योजना अघि सारिए पनि हालसम्म ठोस प्रगति हुन सकेको छैन। केपी शर्मा ओली ले २०७३ असार ९ गते शिलान्यास गरेपछि समेत परियोजना कागजमै सीमित बन्न पुगेको छ।

कार्यालय स्थापना भए पनि गतिविधि शून्यजस्तै रहनुले बजेट विनियोजन, दीर्घकालीन योजना र कार्यान्वयनबीचको असन्तुलन स्पष्ट देखिन्छ। विगतका सरकारले उपेक्षा गरेको आरोप दोहोरिँदै गर्दा वर्तमान सरकार पनि उदासीन देखिएको स्थानीयको गुनासो छ। थप १० हेक्टर क्षेत्र समेटिए पनि पूर्वाधार विकास र व्यवस्थापनतर्फ कुनै उल्लेखनीय काम अघि बढेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *